Lite Nepal

मंगलबार, आश्विन १९, २०७८

मोरङ । जिल्ला अदालत मोरङले आज (सोमबार) सनम शाक्य हत्याकाण्ड र ३३ किलो सुन प्रकरणका नाइके चुडामणि उप्रेती उर्फ ‘गोरे सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की (कृष्ण) र भोजराज भण्डारी (भोजे मामा) लाई जन्मकैदको फैसला सुनाइएको हो ।अन्य दुईलाइ तीन वर्ष र ६ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए ।

अदालतले राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरे (माधव)लाई ६ महिना कैद सजायको फैसला गरेको स्रेस्तेदार राणाले बताए । मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन् भने २१ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको उनले बताए ।

जिल्ला अदालत मोरङमा विसं २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ शीर्षकमा मुद्दा दायर भएको थियो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा