Lite Nepal

बुधबार, कार्तिक २६, २०७७

विराटनगर । माटोको भाँडा बनाउने कुमाल पुख्र्योली पेशा प्रति विमुख हुँदा नेपाली बजारमा भारतीय माटोको भाँडा आउन थालेका छन् ।

भाँडा बनाउने माटो र मेहनत अनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुख्र्यौली पेशबाट विखुम हुँदा सीमा आसपासका बजारमा भारतीय कुमालले बनाएका भाँडा बिक्री हुन थालेका हुन् ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले नेपाल र भारतको सीमा सिल गरेका बेला पनि भारतीय भाँडाका व्यापारी प्रदेश–१ को राजधानी विराटनगरमा माटोको भाँडाका वर्तन बिक्री गर्न आउने गरेका छन् ।

पुस्तौदेखि गर्दै आएको काम आधुनिकताको चपेटाले संकटमा परेपछि कुमकलहरु अहिले अन्य पेशमा संलग्न हुन थालेका छन् । नेपालमा भाँडा नबनेपछि भारतीय सिमावर्ती बजारका कुमालले माटोको भाडा विराटनगरको बजारमा बेच्ने गरेका छन् ।

सार्वजनिक जग्गामा माटो निकाल्न रोक लगाएपछि माटोको भाँडा बनाउने पेशा संकटमा परेको भन्दै नेपाली कुमालले अन्य पेशा रोजेका छन् ।

चाड पर्वको बेला माटाको भाँडा बढी प्रयोग हुने भएका भारत बिहारका सिमावर्ती गाउँका फरविस गञ्ज, जिमराही, पुलकाहाका कुमाल बिहानैदेखि सडक किनारामा माटोेका भाडा बिक्री गर्न व्यस्त देखिन्छन् ।

लामो समयदेखि विराटनगरको भड्ठी मोडमा माटोका भाँडाको पसल संचाल गर्दे आएका रमानन्द साहले आफूले भारतीय कुमालले बनाएका भाँडा बिक्री गर्ने गरेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं