काभ्रेको क्वारेन्टिनमा युवतीले गरिन् आत्महत्या,गाउँलेको आक्रमणमा प्रहरी र स्वास्थ्यकर्मी घाईते

काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिका वडा न। ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसिरहेकी २१ वर्षिया युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । गत साउन १६ गते दुबईबाट नेपाल आएकी उनलाई क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी उनीे शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको […]

नेपालमा कोरोना संक्रमण : थप ५ जनाको मृत्यु, ४६४ संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १÷१ जनाको मृत्यु भएको हो । पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना संक्रमणबाट शुक्रबार […]

प्रदेश १ मा शुक्रबार ६७ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शुक्रबार हाल सम्मकै धेरै कारोना संक्रमित थपिएका छन् । मोरङका दुई स्थानीय तहमा मात्रै शुक्रबार ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिका र मोरङको पुरानो सदरमुकाम रहेको रंगेली नगरपालिकामा यति ठूलो संख्यामा संक्रमण भेटिएको हो । विराटनगरमा ३२ र रंगेलीमा […]

काका भतिजीबिच अनैतिक सम्बन्ध, पोल खुल्ने डरले दाजुको हत्या

ताप्लेजुङ । ताप्लेजुङमा भतिजीसँगको अनैतिक सम्बन्ध खुल्ने डरले आफ्नै भाईले दाजुको हत्या गरेका छन् । भतिजीसँगको अनैतिक सम्बन्ध थाहा पाएपछि मेरिङ्देन गाउँपालिका ५ का पेम्बालाक्पा शेर्पाले आफ्नै दाजु फुर्वाग्यावेको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा भतिजीको समेत संलग्नता रहेकाले दुबैजनालाई साउन १९ गते पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । घरबाट […]

कार्यालयमा हुने बैठक र जमघट बन्द गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी र निजी कार्यालयमा हुँदै आएका भेला, सेमिनार, बैठक र अन्य जमघट तत्कालै बन्द गर्न निर्देशन दिएको छ । काेराेना भाइरसकाे महामारी बढेकाले भेला र बैठक नगर्न, गर्नै परे भर्चुअल बैठक गर्न मन्त्रालयले निर्देशन दिएको छ । पछिल्लो समय सुरक्षा निकाय, अस्पताल, बैंक, न्यायालय, अख्तियारलगायतका कार्यालयमा कोरोनाको सङ्क्रमण पुगेको […]

प्रदेश १ मा पीसीआर परिक्षण, पहुँच भए आजै रिपोर्ट

विराटनगर । प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीसहित मन्त्रालयका कर्मचारीले विहीबार पीसीआर परीक्षण गरे। दिउँसो संकलन गरेको स्वाबको रिपोर्ट साँझनै आयो। सामाजिक सञ्जालमा मन्त्रीसहित कर्मचारीको रिपोर्ट नेगेटिभ भन्दै व्यापक प्रचार भयो। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीको पनि बिहीबारनै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट बेलुकानै आयो। आवश्यकतानै नभएका बिना लक्षण, बिना […]

कोरोना संक्रमण बढेपछि उपत्यकाभित्र नयाँ मापदण्ड ल्याउने तयारी

काठमाडौँ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकाभित्रका सरकारीरनिजी र गैरसरकारी संघसंस्था सञ्चालनमा नयाँ मापदण्ड बनाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्र सञ्चालित कार्यालय, उद्योगरकलकारखाना, होटलररेस्टुराँ, दैनिक उपभोग्य वस्तु बिक्री स्थल, सपिङ सेन्टरलगायतमा नयाँ मापदण्डको तयारी थालिएको हो । नागरिकता, राहदानी, पञ्जीकरण, संस्था दर्ता, स्थानीय तहका सिफारिस, भेटघाट, समूहगत हिँडडुलरछलफललगायतलाई परिस्थिति सहज नभएसम्म […]

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

दमक । जंगली हात्तीको आक्रमणबाट कमल गाउँपालिका–५ टुक्रेस्थित नयाँ बस्तीमा एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार बिहान ४ बजेतिर हात्तीको आक्रमणमा परी नयाँ बस्तीका ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । छिमेकी जिल्ला इलामको चुलाचुलीस्थित जंगल क्षेत्रबाट आएको हात्तीले रेग्मीलाई कुल्चिएर मारेको हो । हात्तीले उनको टिनको छाना […]

नेपालमा कोरोना : यस्ताे छ वृद्धवृद्धाको मृत्युदर, बालबालिका पनि जोखिममा

काठमाडौं । नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो। यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन्। तीमध्ये ३ जना (०.३५ प्रतिशत) को मृत्यु भएको छ। ‘विश्वव्यापी प्यारामिटरमा हेर्दा बालबालिका मृत्युको यो दर निकै ठूलो हो। कोरोनाले बालबालिकालाई […]

सरकारले भन्यो : दशैंयता विद्यालय खुल्दैन

काठमाडौं । दशैं यता विद्यालय तथा विश्वविद्यालय नखुल्ने संकेत सरकारले गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काल विद्यालय खोल्ने स्थिति नभएको बताएपछि दशैंयता विद्यालय नखुल्ने स्पष्ट भएको हो । ‘जोखिम बढेकाले विद्यालय तत्काल खोल्ने स्थिति छैन,’ डा खतिवडाले मन्त्रिपरिषदको सोमबार बसेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने, ‘जोखिम बढ्दैछ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा