Lite Nepal

आइतबार, माघ ११, २०८२

विराटनगर ।कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दलित र महिला समूहका गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

दलित समूहबाट झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरे।

त्यस्तै, महिला समूहबाट गठबन्धनकै रोस्नी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नमिता नेउपानेले २ हजार २६८ मतभार ल्याइन्।

निर्वाचनमा स्थानीय तहतर्फ २ सय ५८ र प्रदेशसभातर्फ ८७ मत खसेको थियो। स्थानीय तहमा कुल २ सय ६७ मध्ये २५८ ले मतदान गरेका थिए भने प्रदेशसभामा ९२ मध्ये ८७ मत खस्यो। मतभार प्रणालीअनुसार स्थानीय तहको मतभार १९ र प्रदेशसभाको ५३ तोकिएको थियो।

प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारले ६४ मत पाए भने नेकपाका उम्मेदवारले २२ मत प्राप्त गरे। निर्वाचनमा एक मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा