Lite Nepal

शनिबार, मंसिर ०६, २०७७

ताप्लेजुङ । खोलै सुकाएर सिँचाइ आयोजना सञ्चालन हुने भएपछि ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ र ३ का वासी आन्दोलित भएका छन् । आफूहरूको सहमतिबिना नै माङ्माया खोला र अन्य तीन साना खोल्साको पानी आठराई त्रिवेणी गाउँपालिकाको–३ मा सिँचाइका लागि लैजान लागिएको स्थानीयको भनाइ छ ।

आयोजना सञ्चालन भए सिँचाइ कुलोभन्दा मुनि माङ्माया खोला सुक्ने र हजार बढी परिवार प्रभावित हुने स्थानीय चन्द्रमान वनेमले बताए । आयोजना सञ्चालन हुने ठाउँ सोक्पे छेउको मुहानभन्दा तल २७ किलोवाटको माङ्माया खोला पहिलो, ६२ किलोवाटको माङ्माया खोला दोस्रो र १० किलोवाटको ठाडे खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् ।

साबिक ढुंगेसाँघु गाविसको–७, ८ र ९ र साबिक साँघु गाविसको–१, २, ३ र ४ का अलैंची बगान समेत प्रभावित हुने संघर्ष समितिका संयोजक समेत रहेका वनेमले बताए ।

स्थानीयलाई झुक्याएर आयोजनाको डीपीआर गरिएको र ठेक्का खुलेपछि मात्रै थाहा पाएको संघर्ष समितिका सहसंयोजक रविन्द्र वनेमले बताए । एसियाली विकास बैंकको लगानीमा आयोजना सञ्चालन हुन लागेको थाहा पाएपछि ताप्लेजुङस्थित जिल्ला प्रशासन कार्यालय, सिँचाइ कार्यालय ताप्लेजुङ र विराटनगर तथा बैंकको ललितपुरस्थित कार्यालयमा रोक्न माग गर्दै निवेदन समेत दिएको उनको भनाइ छ ।

‘निवेदन दिएपछि प्रशासन कार्यालयमा र गत असोजमा सो क्षेत्रका प्रदेश सांसद टंक आङवुहाङ समेतको उपस्थितिमा भएको छलफलले आयोजना अघि नबढाउने सहमति गरेको थियो,’ रविन्द्रले भने, ‘तर सहमति उल्लङघन गरियो ।’ गाउँको शिरबाट कुलो लगेपछि आफूहरू बसाइ हिँड्ने अवस्थामा पुग्ने उनी बताउँछन् । आजको अन्नपूर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं