Lite Nepal

शनिबार, जेठ २२, २०७८

ताप्लेजुङ । शुक्रबार साँझ अकस्मात झापाको अर्जुनधारा ५ को खेतमाथि सिम्रिक एयरको हेलिकप्टर देखियो । न त्यहाँ हेलिप्याड नत कसैको उद्धारका लागिनै जानु थियो । स्थानीय अचम्मित मात्रै हैन हेलिकोप्टर ल्याण्ड गर्न लागेको देखेर त्रसित समेत बने ।

हावाहुरी चलेकाले हेलिकोप्टर दुर्घटना त हुन लागेको हैन ? भन्ने धेरैको प्रश्न थियो । तर, हेलिकोप्टर सफलता पुर्वक खेतमा बस्यो । कारण थियो हावाहुरीका र मौषममा आएको खराबीका कारण आपतकालिन अवतरण ।

ताप्लेजुङबाट कोरोना संक्रमित बिरामी बोकेर झापाको बिर्तामोड स्थित बी एन्ड सी अस्पताल आउँदै गर्दा मौषममा आएको खराबीका कारण हेलिकोप्टर आपतकालिन अवतरण गर्नुपरेको हो ।

केही समय खेतमानै बसेको हेलिकप्टर पुनः विरामी लिएर बी एन्ड सी उडेको थियो । हेलिकप्टर हस्पिटलमा सुरक्षित अवतरण भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रोमिश गिरीले बताए ।

हेलिकोप्टरले ताप्लेजुङ जुकेटारकी ४४ बर्षिया करुणा ओली बिमलीलाई उपचारका लागि हेलिकोप्टरबाट बीएन्डसी ल्याइएको गिरीले जानकारी दिए । ४४ बर्षिया ओली आठराई त्रिबेणी गाउपालिका २ फुलवारीको भगवती आधाभुत विद्यालय जुकेटारकी शिक्षिका हुन् ।

कोरोना संक्रमण भएपछि उनलाई बुधवार वेलुका श्रीमान्ले एम्वुलेन्समा ताप्जेजुङ जिल्ला अस्पतालमा उपचारका लागि पु¥याए । अक्सिजनको मात्रा घटबड भएपछि सिम्रिक एयरको हेलिकप्टरवाट शुक्रवार बेलुका उनलाई विएन्डसी ल्याइएको हो ।

ताप्लेजुङको जुकेटारमै व्यापार पनि गर्ने उनिहरुको झापा बिर्तामोडको कृषिथोक बजार छेउमा घर रहेको छ ।

बीएण्डसी हस्पिटलमा यसअघि दाङ, सुर्खेत, विरगञ्ज, सोलुखुम्बु, ओखलढुङ्गा, काठमाडौँबाट उपचारका लागि बिरामी ल्याइएको गिरीले जानकारी दिए ।

हस्पिटलमा शुक्रबारसम्म हेलिकप्टर मार्फत् उपचारका लागि २७ जना बिरामी ल्याएको हस्पिटल प्रशासनले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा