Lite Nepal

बुधबार, कार्तिक १९, २०७७

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले कार्तिक २१ गतेदेखि २८ गतेसम्म गृह जिल्ला ताप्लेजुङका विभिन्न स्थानीय तहहरुको भ्रमण गर्ने भएका छन् ।

कोरोना महामारीको समय भए पनि भौतीक दुरी र स्वास्थ्य सावधानी कायम गर्दै जिल्लाका स्थानीयतहरुको विकास र आगामी योजना लगायतको विषयमा अनुगमन साथै जनप्रतिनिधी र स्थानीयसँग अन्तरक्रिया र छलफल गर्न मन्त्री भट्टराईले भ्रमण गर्न लागेका हुन् ।

मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँका अनुसार मन्त्री भट्टराईले भ्रमण गर्ने सम्वन्धित तहहरुलाई भ्रमणको तालिका पठाएको र सोही अनुसार भौतीक दुरी कायम गर्दै छलफलको व्यवस्था मिलाउन निर्देशन दिईएको छ ।

‘सबै कार्यक्रम भौतीक दुरी कायम गरेर हुनेछ, उपस्थित हुनु हुने महानुभावहरुलाई पनि पर्याप्त स्वास्थ्य सुरक्षा एवं सावधानीका उपाय अपनाउन तहमार्फत निर्देशन भएको छ,’ स्वकीय सचिव गुरागाईँले भने ‘अन्य सुरक्षा सावधानी प्रशासनले मिलाउनेछ ।’

मन्त्री उपस्थित हुने कार्यक्रममा सिटको व्यवस्थापन गर्दा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउन, मास्कको प्रयोगलाई अनिवार्य गराउन, कार्यक्रमस्थल प्रवेश गर्ने स्थानमा साबुन पानीले हात धुने र स्यानिटाइजरको व्यवस्था मिलाउन सचिवालयले लिखित रुपमानै तहहरुलाई पत्रचार गरिसकेको छ ।

एक स्थानको कार्यक्रम बढीमा दुई घण्टाभित्रमा सम्पन्न हुने बताइएको छ ।

यस्तो छ मन्त्रीको जिल्ला भ्रमण तालिका

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा