कांग्रेस सभापति थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन् । थापाले दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, जनसरोकारका विषय तथा पार्टीको आगामी रणनीतिका बारेमा सभापति थापाले धारणा सार्वजनिक गर्ने बताइएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ […]

एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । टियु क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले एक जित र एक हार बेहोरेको छ भने पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेल हारेको छ । जनकपुरले पहिलो खेल कर्णाली याक्ससँग […]

डोल्पाको उच्च हिमाली क्षेत्रमा हिमपात, ६ भारतीय पर्यटक सम्पर्कविहीन

सुर्खेत । डोल्पाको शे–फोक्सुन्डो तालतर्फ आउँदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन्। डोल्पो बुद्ध गाउँपालिकाबाट धो हुँदै फोक्सुन्डो ताल फर्किने क्रममा शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ बीचका नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएका हुन्। प्रतिकूल मौसमका कारण पर्यटकहरू हिउँमा फसेको हुन सक्ने आशंका गरिएको छ। उनीहरूको […]

अनशनरत डा. गोविन्द केसी अस्पताल भर्ना

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पताल पुर्‍याइएको छ । सत्याग्रह सुरु भएको तेस्रो दिनमा आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबार अस्पताल लगिएको हो । पानी मात्र पिएर सत्याग्रहमा रहेका केसीको रगतमा चिनी (सुगर)को मात्रा घटेको र बोल्न […]

झापामा व्यावसायिक फूलखेती, सिडीओले किन गरे अनुगमन ?

झापा । धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब रु ५० हजारको उत्पादन हुने जमिनमा फूलखेती गरेर रु १० देखि १२ लाखसम्मको कारोबार गर्ने लक्ष्यसहित बुद्धशान्ति गाउँपालिका-३ दुइरिङ्गेका तीन किसान फूलखेतीमा जुटेका छन् । विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक प्रयासमा १० कट्ठा जमिनमा सयपत्रीखेती […]

आजबाट मौसम सुधार, सामान्य वर्षा मात्रै

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजबाट मौसम सुधार हुने जनाएको छ । सामान्य वर्षाबाहेक तत्कालको लागि ठुलो वर्षा टरेको छ । मौसमविद् सञ्जीव अधिकारीले हिजोबाट पश्चिमतिरको मौसमसुधार हुँदै गएको जानकारी दिए । ‘आज आइतवारबाट मौसम सुधार हुनेछ’ –उहाँले भने। महाशाखाले सामान्यबाहेक ठुलो वर्षाको सम्भावना टरेको जनाएको छ । मौसमविद् प्राडा […]

इलाममा सत्याग्रह बसेका डा.केसीको स्वास्थ्य अवस्था कस्तो छ ?

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै गएका छन् । उनले सत्याग्रह सुरु गरेको तेस्रो दिन भयो । तेस्रो दिनमा आइपुग्दा उनले शारीरिक रुपमा शिथिल महसुस गरेका छन् । ‘सुगर घटेको रहेछ’, उनले भने,‘अब बोल्न पनि गाहे हुन थाल्यो ।’ […]

पत्रकारमाथि धरपकड गर्नेमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्युज रुममा प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गर्ने प्रहरीमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। पार्टीको सचिवालय बैठकले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र न्युज रुममा प्रहरी प्रवेश गर्ने कार्य गलत भएको ठहर गर्दै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको हो। बैठकपछि प्रवक्ता जगदीश […]

विराटनगरबाट १२ लाख रुपैयाँ बराबरका सयपत्री फूलका माला बरामद

विराटनगर । सशस्त्र प्रहरी बल, नेपालले भारतबाट अवैध रूपमा नेपाल भित्र्याई लुकाइछिपाइ राखिएका  १२ लाख बराबरका सयपत्री फूलका तयारी माला बरामद गरेको छ। शनिवार विशेष सूचनाका आधारमा  सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण मुख्यालय कालिनी, मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले विराटनगर महानगरपालिका–४, गोग्राहास्थित राधाकृष्ण कोल्ड स्टोरको खाली चौरबाट उक्त माला बरामद गरेको हो। भारतबाट […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं