खोटाङ । दशैं-तिहारको संघारमा जीप दुर्घटना हुँदा खोटाङका तीन किशोरीले ज्यान गुमाएका छन् । दशैं तिहार मनाउनका लागि कात्तिक १ गते काठमाडौंबाट घर फर्कनेक्रममा सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानमा को१ज २९७६ नम्बरको जि दुर्घटना हुँदा तीन किशोरीको मृत्यु भएको हो । मध्यपहाडी लोकमार्गमा गुडिरहेको जीप सडकबाट करिब दुई सय मिटर तल सुनकोसीमा खस्दा दिक्तेल रुपाकोट मझुवागढी […]
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको […]
काठमाडौं । सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ आयात र बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारबाट सम्पूर्ण उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ । बिस्कुट उत्पादनमा मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर प्रयोग गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । विभागका महानिर्देशक […]
काठमाडौं । दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ। स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख […]
रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका चार जनाको उपचार भइरहेको छ भने बेपत्ता भएका तीन जनाको खोजी जारी छ । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल […]
उदयपुर । हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै उदयपुरको कटारीमा स्थानीयवासीले प्रदर्शन गरेका छन् । आइतबार बिहानैदेखि कटारी नगरपालिका–५ स्थित बुद्धचोकमा प्रदर्शन गर्दै स्थानीयवासीले मदन भण्डारी राजमार्ग अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वतर्फ जाने यात्रु प्रभावित भएका छन् । प्रदर्शनकारीले मृतक शिक्षकको […]
सिन्धुपाल्चोक । दसैँका सामान भित्र्याउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट शनिबार बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन् । तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन चिनियाँ पक्षले तीन दिनका लागि नाका […]
काठमाडौं । बडादसैँको आठौँ दिन आज महाष्टमी पर्वका अवसरमा काठमाडौँ उपत्यकाको ऐतिहासिक भद्रकाली मन्दिरसहित देशभरका प्रमुख शक्ति पीठहरूमा बिहानैदेखि दर्शनार्थी एवं भक्तजनहरूको उल्लेख्य भीड लागेको छ । श्रद्धालुहरू बिहानैदेखि लामबद्ध भएर दुर्गा भवानीको स्वरूप मानिने महाकाली, महालक्ष्मी र महासरस्वतीको श्रद्धापूर्वक पूजा आराधना गरिरहेका छन् । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाष्टमी पर्वका अवसरमा काठमाडौं उपत्यकाभित्रका […]
काठमाडौं । आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको ‘बम्पर उपहार’ नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् । दसैँका अवसरमा नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’बाट तीन हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका निम्ति छनोट भएको हो । काठमाडौंको विशाल […]
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २७८ जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको शनिबारको २४ घण्टे सवारी दुर्घटनासम्बन्धी विवरणअनुसार देशका विभिन्न प्रदेशमा भएका दुर्घटनामा उक्त संख्यामा मानवीय क्षति भएको हो। विवरणअनुसार कोशी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका […]