विराटनगर । माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ले कुल ७ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ। पछिल्लो आइतबारसम्म फिल्मले ७ करोड १ लाख रुपैयाँ ग्रस कमाइ गरेको हो। दयाहाङ राई र गौमाया गुरुङको शीर्ष भूमिका रहेको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पनि पाइरहेको छ। विशेषगरी पोखरालगायत लाहुरे सहरमा फिल्मको कलेक्सन बढ्दो देखिएको छ। निर्माताका अनुसार […]
काठमाडौं । विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘अक्षरा’ आगामी शुक्रबारबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । यही असोज २३ गते प्रदर्शनको तयारी गरिएको यो चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सर्वसाधारण सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्र प्राप्त गरिसकेको छ । अभिभावकले छोरीको चाहनाविपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या […]
विराटनगर । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको तेस्रो सातामा पनि उत्साहजनक व्यापारलाई निरन्तरता दिएको छ। फिल्मले हालसम्म ६ करोड रुपैयाँभन्दा बढीको ग्रस कारोबार गरेको निर्माण पक्षले जनाएको छ। चलचित्र विकास बोर्डको बक्स अफिस प्रणाली सिनेपाका अनुसार ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस […]
विराटनगर । वर्षा भर्खरै थामिएको थियो । विराटनगर वर्षा र मन्द हावाले केही शीतल थियो । त्यही मौसममा कास्की–तनहुँको दमौलीदेखि आफैं कार चलाएर माओत्से गुरुङ विराटनगर ओर्लिए । मन्द मुस्कुराउँदै, ‘‘हाज’ विराटनगर शित्तल रहेछ, पहिले त गर्मी थियो ।’ उनको त्यो मुस्कान र विराटनगरको शित्तल अनुभुति गर्न उनी बाहेक पहिले आएका कलाकार थिएनन् । चलचित्र […]
विराटनगर । भारतीय क्रिकेटर पृथ्वी शा र उनकी मंगेतर आकृति अग्रवाल इन्गेजमेन्ट गरेको करिब ६ महिनामै अलग भएका छन्। दुवैले सन् २०२६ मार्च ८ मा इन्गेजमेन्ट गरेका थिए। आकृतिले बिहीबार सामाजिक सञ्जालमार्फत् आफूहरू आपसी सहमतिमा अलग भएको जानकारी दिएकी हुन्। उनले भविष्यका लक्ष्य र परिस्थितिमा भिन्नता रहेकाले अलग हुने निर्णय गरेको बताएकी छन्। आकृतिले आफूहरूबीच […]
काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) ले सन् २०२७ मा आयोजना गर्ने ९९औँ एकेडेमी अवार्ड्सको ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र’ विधाका लागि नेपालको तर्फबाट चलचित्र तिनीहरू एलिफेन्ट्स इन द फग छनोट भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) का अध्यक्ष लक्ष्मीनाथ शर्माले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, अस्कर प्रतिस्पर्धाका लागि […]
विराटनगर । साँझ पर्न लागेको समय । विराटनगरको तात्तातो मौसम । सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्स हलमा दर्शक भरिँदै थिए । सबैको प्रतीक्षा थियो भारतमा तहल्का मच्चाएको चलचित्र ‘हनुमान अंश’को । शक्रबारबाट नेपालमा पनि प्रदर्शनमा आएको चलचित्रको सुरुवाती अवस्था भव्य थियो । हलमा पुगेका दर्शकले प्रतिक्रिया दिँदै भने, ‘भारतमा भाइरल चलचित्र बल्ल नेपालमा लाग्यो, आज […]
विराटनगर । आध्यात्मिक कथावस्तुमा आधारित चलचित्र ‘हनुमान अंश’ नेपालका हलहरूमा पनि प्रदर्शन हुने भएको छ । विराटनगरको सेन्टरमहल स्थित सेन्ट्रल मल्टिप्लेक्समा समेत चलचित्र प्रदर्शनमा आउने भएपछि नेपाली दर्शकले पनि यो चलचित्रलाई ठूलो पर्दामा हेर्न पाउने भएका छन् । स्वाम्भु मिडिया नेटवर्कको प्रस्तुतिमा बनेको ‘हनुमान अंश’ नीम करौली बाबा अर्थात् श्री नीब करौली बाबाको जीवन र […]
विराटनगर । हालै आएको बाढीपहिरोबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विराट नेवाः पुचः, विराटनगर–कञ्चनबारीले दुःख व्यक्त गरेको छ। पुचःका अध्यक्ष जयकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूलाई निःशुल्क उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत र […]
खाँदबारी । नेवार समुदायको परम्परा गाईजात्रा तथा हिले जात्रा केवल हाँसो र रमाइलोका लागि मात्र नभई समाजको पीडा, विछोड र सत्यलाई अभिव्यक्त गर्ने सांस्कृतिक माध्यमसमेत भएको खाँदबारी यूथ क्लबले जनाएको छ। भाद्र १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै क्लबले यस्तो दुःखद घडीमा हिले जात्रालाई केवल मनोरञ्जनमा सीमित […]