बोलिभिया । दक्षिण अमेरिकी देश बोलिभियाको जङ्गलमा वैज्ञानिकहरूले नयाँ जङ्गली बिरालो प्रजाति पहिचान गरेका छन् । लियोपार्डस तिलकायो नाम दिइएको यो सानो बिरालो प्रजातिको जीवित अवस्थामा हालसम्म एउटा मात्र सदस्य फेला परेको छ । वैज्ञानिकहरूले नयाँ प्रजातिको नाम टिल्काया क्याट राखेका छन् भने बोलिभियाको एक वन्यजन्तु उद्धार केन्द्रमा रहेको १० वर्षे बिरालोलाई ‘टिग्रिनो’ उपनाम दिइएको […]
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधान संशोधनको प्रक्रिया तथा प्रमाणीकरणसम्बन्धी प्रतिनिधि सभा नियमावली, २०८३ का दुई व्यवस्था हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र शारङ्गा सुवेदीको संवैधानिक इजलासले बुधबार प्रतिनिधि सभा नियमावलीको नियम १४० को उपनियम (११) […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ । विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू–जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ । प्रवक्ता मोहन कुमार शाक्यका अनुसार वैज्ञानिक अध्ययनका […]
विराटनगर । जेन्जी आन्दोलन उठेको र नेपालको राजनीतिक वृत्त नै हल्लिएको आज भदौ २३ गते एक वर्ष पूरा भएको छ । भ्रष्टाचारविरुद्धको नारासहित उठेको आन्दोलनले दुई दिनमै देशको राजनीतिक अवस्था नै हल्लाएको थियो । तीन दशकदेखिको राजनीतिक विरासत सत्ता च्युत भएको थियो भने पुराना भनिएका दलका नेता तथा प्रधानमन्त्रीसमेत भागमरेभाग को अवस्थामा पुगेका थिए । […]
काठमाडौं । नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएकाे हो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका […]
काठमाडौं । नेपालमा गत भदौ १० गते आएको भीषण बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति भइरहेका बेला छिमेकी मुलुक चीनले एक सनसनीपूर्ण दाबी गरेको छ । चीनले नेपालमा निम्तिएको यो प्राकृतिक विपत्तिबारे घटना हुनुभन्दा १२ दिनअघि नै चेतावनी दिएको बताएको हो । बाढी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क तथा पूर्वसूचना साझा नगरेको भन्दै […]
विराटनगर । बाढी होस् वा भूकम्प, विपद् आएपछि प्रभावितका लागि खाना, पानी, चामल, दाल, भुजा, चिउरा र अन्य राहत सामग्री तत्काल पु¥याउने प्रयास हुन्छ । तर महिनावारी हुने महिलाका लागि अत्यावश्यक महिनावारी प्याड भने राहत सामग्रीको सूचीमै प्राथमिकतामा नपर्ने गरेको सरोकारवालाहरू बताउँछन् । मदन पुरस्कार विजेता तथा मर्यादित महिनावारी अभियानकर्ता राधा पौडेलका अनुसार विपद् व्यवस्थापनमा […]
काठमाडौं । सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसासम्बन्धी घटनामा महिलाको कन्याजालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ । २०८३ असार १८ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र मेघराज पोखरेलको संयुक्त इजलासले गरेको फैसलाको आज सार्वजनिक पूर्णपाठमा यौन अपराधका मुद्दामा पीडितको ‘कौमार्य परीक्षण’ गर्ने […]
‘ए दिदी, दाउरा राख्ने ?’ थाकेको स्वरमा बास्दै गरेको भालेको आवाजलाई समेत छिचोल्दै आएको त्यो प्रश्न । झिसमिसे उज्यालोमा पसलकी साहुनीले ढोकाबाट बाहिर निस्केर हेर्दा दाउरेनी जेठी दिदी आइपुगेकी रहिछन् । शरदको बिहान पनि कस्तो हुनु रात अझै नसकिएजस्तो, उज्यालो आउन हतार नगरेजस्तो । चिसो सिरेटो चलिरहेको छ । तर, दाउराको भारी बोकेर आएकी जेठीको […]
काठमाडौं । कतार एयरवेजले कफी पोखिएर घाइते भएकी यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४ सय ६ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने भएको छ । विमानभित्र तातो कफी पोखिएर यात्रु घाइते भएको घटनामा काठमाडौँस्थित उपभोक्ता अदालतले यस्तो आदेश दिएको हो । ललितपुरकी ५२ वर्षीया प्रीति थापाले दायर गरेको उपभोक्ता मुद्दामा अदालतका अध्यक्ष डा. दिवाकर भट्ट […]