वाशिङ्टन डिसी (अमेरिका) । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित दूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचनामार्फत दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाटका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेस […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान माथीको आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै उनले खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमशस् बढ्दै गएको सन्दर्भमा उनले इरानलाई तत्काल वार्तामा आउन आग्रह पनि गरेका छन् । ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक टोली इरानतर्फ अघि बढिरहेको जानकारी पनि दिएका […]
काठमाडौं । अमेरिकाका विभिन्न राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्। न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ। अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुन:स्थापना कार्यमा कठिनाइ उत्पन्न भएको […]
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आप्रवासन प्रणालीको पुनर्मूल्यांकन गर्नुपर्ने आवश्यकता देखाउँदै आगामी जनवरी २१ देखि लागू हुने गरी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको जनाएको छ। नेपालसहित सोमालिया, रुस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमन लगायत देशहरूको सूचीमा परेका छन्। मन्त्रालयले […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गर्दै नयाँ सनसनी फैलाएका छन् । यससँग सम्बन्धित एउटा तस्बिर पनि उनले सेयर गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा तस्बिर पोस्ट गरेका छन् । त्यसमा उनले आफूलाई […]
काठमाडौं । इरान सरकारले प्रदर्शनकारीमाथि गरिरहेको दमन तीव्र बन्दै गएसँगै सयौँको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ । यसैबीच, इरानले अमेरिकाले आक्रमण गरेमा आफूले कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । बीबीसीका स्रोत र अधिकारकर्मीहरूका अनुसार स्थिति निकै भयावह बन्दै गएको छ । तेहरानका एक स्रोतले आइतबार भने, “यहाँको अवस्था धेरै खराब छ । […]
काठमाडौं। पछिल्लो समय विश्वव्यापी तापमान वृद्धि वैज्ञानिकहरूको टाउको दुखाइको विषय बनेको छ । तापमानमा निरन्तर भइरहेका वृद्धिले हिमालका हिउँ पग्लिरहेका छन्, हिमनदीहरू सुक्दै जाने क्रम बढेको छ भने समुद्री सतह बढिरहेका छन् । यस्तोमा वैज्ञानिकहरूले यसका कारण उत्पन्न अर्को डरलाग्दो पक्षबारे चेतावनी दिएका छन् । हालै भएको एउटा अध्ययनका अनुसार विश्वव्यापी तापमान वृद्धिका कारण ‘मस्तिष्क […]
काबुल । अफगानिस्तानको उत्तर र दक्षिणी भागमा भएका तीनवटा अलग–अलग सडक दुर्घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको र १५ जना घाइते भएका छन् । दक्षिणी जाबुल प्रान्तको शहर–ए–सफा जिल्लास्थित ख्वाजा बाबा क्षेत्रमा शुक्रबार दिउँसो दुई यात्रुवाहक सवारी साधन आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएका छन् । त्यसै दिन उत्तर ज्वोज्जान […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका छन् । सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले ट्रम्पले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, […]
इस्लामबाद । भारत र पाकिस्तान बीचको तनाव रोकिने देखिएको छैन् । दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् । जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दाबी गरिएको छ । पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ । पाकिस्तानले हालसम्म कुल ७७ भारतीय […]