आवासको हक सुनिश्चित गर्न सरल किस्ताबन्दीमा घर उपलब्ध गराउँदै सरकार

काठमाडौं । सरकारले निम्न र मध्यम आय भएका नागरिकलाई सरल किस्ताबन्दीमा घर उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको आवासको हक सुनिश्चित गर्नका लागि भवन ऐन २०८३ मार्फत यस्तो व्यवस्था गर्न लागेको उल्लेख गरेका छन् । पहिलोपटक घर निर्माण गर्नेहरूले सरकारी ढाँचामा निर्माण गर्दा नदीजन्य पदार्थ नि:शुल्क पाउने व्यवस्था प्रस्ताव गरिएको छ । विधेयकले […]

बक्यौता असुलीमा कडाइ गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उद्योगीहरूसँगको बक्यौता असुलीमा कडाइ गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । शनिबार कुलेखानी जलाशयको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन् । उद्योगहरूलाई मागअनुसार बिजुली पाउने अवस्था सुनिश्चित गर्न र बक्यौता असुलीमा कडाइ गर्न उनको निर्देशन छ । ”हेटौँडा औद्योगिक क्षेत्रमा ४० मेगावाटको बिजुलीको माग भएको छ […]

अमेरिकी शेयर बजारमा वृद्धि, ब्याजदर नबढ्ने अपेक्षा

न्युयोर्क । अमेरिकामा रोजगारीसम्बन्धी नयाँ तथ्यांक कमजोर देखिएपछि अमेरिकी केन्द्रीय बैंकले तत्काल ब्याजदर नबढाउने अनुमान बढेको छ। यससँगै शुक्रबार अमेरिकी शेयर बजारमा वृद्धि देखिएको छ। डाउ जोन्स परिसूचक २५० अंक अर्थात् शून्य दशमलव ४९ प्रतिशतले बढेर ५१ हजार १७६ अंकमा पुगेको छ। एस एन्ड पी ५०० परिसूचक शून्य दशमलव ७ प्रतिशतले बढेर ७ हजार ७२२ […]

यसरी जोडिँदैछ अन्तर्राष्ट्रिय सडक सञ्जालमा काँकरभिट्टा-लौकही

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा-लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ । निर्माण सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले तोकिएको समयभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ । आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार दैनिक सातदेखि […]

हवाई भाडा नबढ्ने मन्त्रीको दाबी

काठमाडौं । आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमा परेका १५ संशोधन प्रस्तावमध्ये १३ वटा समावेश गरिएको पर्यटन मन्त्री खड्गराज पौडेलले बताएका छन्। उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथिको छलफलमा मन्त्री […]

लाभांश प्रस्ताव पारित, पूर्वाञ्चल ल्युब आयलको २७औं साधारणसभा सम्पन्न

विराटनगर । पीएलओ ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आवको नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले सञ्चालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, […]

सुरक्षा निकायलाई ग्यास बिक्री गर्न अनुमति दिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपिजी)को बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिएका छन्। विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा उनले मुलुकमा ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज […]

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब २९ करोड

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । हिजो सामान्य बढेर बन्द भएको बजार आज घटेर बन्द भएको हो । आज नेप्से परिसूचक ११ दशमलव ९० अंकले घटेर २,५८७ को विन्दुमा कायम भएको छ । आज ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको […]

ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। पारित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ। सञ्चालक […]

‘रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार हो’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदै गएको दाबी गरेका छन् । शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले सो दाबी गरेका हुन् । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं