काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पत्रकार धरपकडलगायत सरकारका विवादित गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार पक्राउ तथा सरकारका अन्य विवादित गतिविधिबारे स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न विशेष समिति गठन गर्नुपर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस संसदीय […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्। आइतबार साँझ फेसबुकमा सन्देश लेख्दै उनले सही समय आएपछि सबैको गलत समय आउने उल्लेख गरेका हुन्। ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति कुन व्यक्ति, समूह वा घटनाप्रति लक्षित […]
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ सोमबार हुने भएको छ । सुनुवाइका लागि दिउँसो ३ बजे लेखा समितिको हलमा बस्ने गरी संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । तर, समितिले थापाका विषयमा मागेको विवरण भने जापान सरकारले अझै उपलब्ध गराएको छैन । असोज २८ गते बसेको समितिको बैठकमा थापाको जापानको स्थायी […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पत्रकार पक्राउ गरिएको घटनाको विरोध गरेका छन् । आइतबार (कात्तिक १५) कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ‘विशेष’ सम्बोधन गर्दै उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको घटनाप्रति आपत्ति जनाएका हुन् । सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई लिएर पत्रकार पक्राउ गरिएको उनले बताए । “मिडिया हाउसहरूमा प्रहरी प्रवेशले पञ्चायती शासनकालको याद दिलाएको छ […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेट गरेका छन् । २०७८ साल कात्तिक २५ गते कार्यभार सम्हालेका प्रदेश प्रमुख खापुङ यही कात्तिक २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् । बिदाइ भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा प्रदेश प्रमुखले पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेका थिए । भेटमा […]
काठमाडौं । सत्तारुढ रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा रास्वपाका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गरेको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा भएकोे बैठकले […]
काठमाडौं । न्यायपालिकामा भइरहेको भनिएको ‘सेटिङ’ र भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिक अभियानले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । हालै चर्चामा रहेको इनाम सापकोटा प्रकरणलाई आधार बनाउँदै अभियानका अगुवाहरूले न्यायालयको स्वच्छता र पारदर्शिताका लागि उच्चस्तरीय छानबिन समितिको माग गरेका हुन् । प्रदर्शनमा सहभागी पूर्वराजदूत डा. निर्मल विश्वकर्माले न्यायालयभित्र सेटिङको माध्यमबाट न्याय किनबेच भइरहेको भन्दै गम्भीर आशंका […]
विराटनगर । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल कात्तिक १६ गते झापा भ्रमणमा जाने भएकी छन्। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारी पीडितहरूसँग छलफल गर्नुहुने कार्यक्रम रहेको छ। साथै, स्थानीय नागरिकसँग अन्तरक्रिया गरी भूमिहीन तथा सुकुम्वासीका समस्या, सहकारपीडितका गुनासा र भूमि व्यवस्थापनसँग सम्बन्धित विषयमा […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन् । थापाले दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, जनसरोकारका विषय तथा पार्टीको आगामी रणनीतिका बारेमा सभापति थापाले धारणा सार्वजनिक गर्ने बताइएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्युज रुममा प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गर्ने प्रहरीमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। पार्टीको सचिवालय बैठकले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र न्युज रुममा प्रहरी प्रवेश गर्ने कार्य गलत भएको ठहर गर्दै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको हो। बैठकपछि प्रवक्ता जगदीश […]