काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोट्र्स एसोसिएसन (एनसीएसए) का खेलाडीहरू चीनमा हुने एसियाली खेलकुदको छनोट चरणका खेलमा सहभागी हुने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष्य जीवनराम श्रेष्ठले संघका तीन खेलाडी तेन्जिन बर्टिन आरएसआई, स्वस्तिका चौधरी र रोनक उप्रेतीलाई शनिबार औपचारिक रूपमा बिदाइ गरेका हुन् । एनसीएसएका खेलाडीहरूले चीनको मेइ सानमा अप्रिल ८ देखि १२, २०२६ […]
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनले प्रतिनिधिसभा सदस्य मिङ्मा ग्यावु शेर्पालाई बधाई दिँदै सम्मान गरेको छ । शनिबार एक कार्यक्रमकाबिच संघका अध्यक्ष रमेश पौडेलले बधाई पत्र प्रदान गर्दै सांसद शेर्पालाई सम्मान गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फबाट समानुपातिक सांसद बनेका शेर्पा पर्यटन र हिमाल आरोहण क्षेत्रका प्रख्यात व्यक्तिका रूपमा परिचित छन् । बधाईको […]
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान अन्जिला तुम्बाले सामाजिक सञ्जालमा आफ्नो टोलीले १० वर्ष मेहनत गरेर बनाएको सपना राजनीतिक स्वार्थका कारण बर्बाद भएको गुनासो गरेकी छन्। तुम्बाले लेखेकी छन् कि खेलाडीहरूको लागि अन्तराष्ट्रिय खेल खेल्न पाउनु एक सपनाको शिखर हो, तर व्यक्तिगत स्वार्थ र राजनीतिले गर्दा अन्तिम समयमा अवसर खोसिनुले खेलाडीहरूमा गहिरो […]
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि सानदार जित निकालेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिसले कोशीलाई ६ विकेटले हरायो । जितका लागि एक सय ६३ रनको लक्ष्य पछ्याएको पुलिसले ३३.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ६५ रन जोड्दै लक्ष्य पूरा गरेको […]
झापा । भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५ देखि १४ गतेसम्म हुने भएको छ । प्रतियोगिताको विजेताले रु ११ लाख राशिको पुरस्कार प्राप्त गर्ने छन् । चन्द्रगढी युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए । नेपालका तीन विभागीय एपिएफ फुटबल क्लब, नेपाल पुलिस फुटबल […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य भएको बताएकी छिन् । जित र हार खेलको नियम भएको बताउँदै उनले आशा अझै बाँकी रहेको टिप्पणी सामाजिक सञ्जालमार्फत गरेकी छिन् । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । […]
झापा । भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी माघ २१ देखि २८ गतेसम्म ‘कोशी पाथिभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप कप क्रिक्रेट प्रतियोगिता’ हुने भएको छ । नेपालका चार र भारतका चार टोलीको सहभागिता रहने उक्त प्रतियोगिताका विजेताले रु पाँच लाख र उपबिजेताले रु तीन लाख नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक मनोज […]
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल खेल आज हुँदैछ। बुधवार साँझ ६ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र म्यानमारबीच फाइनल खेल हुँदैछ। चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानमार र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । लिग चरणको खेलमा पनि नेपाल र म्यानमारले २-२ गोलको बराबरी भएको थियो ।
काठमाडौं । विश्व कप विजेता इटालीका महान पूर्व कप्तान एवम् गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका छन् । केपी ओली कप फुटबल प्रतियोगिताका दौरान उनी नेपाल आउने भएका हुन् । केपी ओली कपको आयोजक नेपाल युवा संघका अध्यक्ष क्षितिज थेवेले कान्तिपुर टेलिभिजनको गुड मर्निङ नेपाल कार्यक्रममा शुक्रवार बिहान बुफोन नेपाल आउन लागेको जानकारी दिएका हुन् […]
फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको आयोजनामा कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो । गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजंघा महोत्सव-२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिनेछ । कञ्चनजंघा आधार शिविर क्षेत्रमा […]