Lite Nepal

शनिबार, भाद्र २०, २०७७

ताप्लेजुङ । ताप्लेजुङकै एक युवतीलाई फेसवुक म्यासेन्जर र भाईबरबाट अपशब्द प्रयोग गर्दै गाली गरेको निश्कर्ष निकाल्दै प्रदेश संसद होमकुमारी साँवालाई पार्टीले निलम्बन गर्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ताप्लेजुङले सचिवालय सदस्य तथा प्रदेशसभा सांसद होमकुमारी साँवालाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटिबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

म्यासेन्जर र भाईबरमा गरिएका च्याटमा उल्लेख भएका शब्दहरु सार्वजनिक निकायमा बस्ने व्यक्तिबाट हुने भन्दा अस्वभाविक पाइएकोले साँवालाई ३ महिना निलम्बन गर्ने निर्णय भएको नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले जानकारी दिए ।

च्याट बाहिरिएपछि छानबिन गर्न नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो ।

सचिवालय सदस्य तथा प्रदेशसभा सांसद साँवाले आफूबाट अब उप्रान्त यस्ता कमि कमजोरी नहुने सर्तसहितको लिखित स्पष्टीकरण समेत पार्टीलाई बुझाएको नेकपा ताप्लेजुङले जनाएको छ ।

सोही घटना सँग जोडिएका नेकपा ताप्लेजुङ जिल्ला कमिटि सदस्य एवम् प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र नेकपा ताप्लेजुङका कार्यालय सदस्य सन्तोष खतिवडाले आत्मा आलोचना गरेकाले उनिहरुमाथि भने कुनै कारवाही नगरिएको नेकपा ताप्लेजुङले जनाएको छ ।

घटनाको छानबिन गर्ने कार्यदलमा जिल्ला इञ्चार्ज काफ्लेको संयोजकत्वमा प्रदेश कमिटि सदस्य मिङ्माडण्डु शेर्पा र प्रदेश सल्लाहकार परिषद् सदस्य रामप्रसाद सुबेदी सदस्य रहेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा