Lite Nepal

मंगलबार, माघ १३, २०८२

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भारत खड्काले मिडियालाई बलियो बनाउन सरकारको भूमिका अत्यावश्यक रहेको बताएक छन्।

मंगलबार नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना भएको अन्तर्क्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

अध्यक्ष खड्काले पत्रकारहरूको औषधि उपचारमा समस्या देखिएको र आफ्नै चन्दा उठाएर सहयोग माग्नुपर्ने अवस्था रहेको बताउँदै बीमा कार्यक्रम अगाडि बढाइएको जानकारी दिए। कार्यक्रममा स्वास्थ्य तथा दुर्घटना बीमाको माग समेत गरिएको छ।

निर्वाचन सबैभन्दा ठूलो चुनौती: मन्त्री पराजुली

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले सबैभन्दा ठूलो चुनौतीका रूपमा निर्वाचनलाई औंल्याएका छन् । उनले निर्वाचन सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

मन्त्री पराजुलीले प्रदेश विधान सभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि वीरेन्द्र सभागृहमा सञ्चालन गर्ने जानकारी दिए ।

सांसद भवन जलेको र कृषि भवनलाई मुकाम बनाइएको उनले बताए। स्थायी संरचना बनाउने अवस्था नभएकाले तत्काल दुवै अधिवेशन सभागृहमा सञ्चालन गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ।

मन्त्री पराजुलीले यसै अधिवेशनबाट आम सञ्चार विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जबसम्म पत्रकारिता व्यवस्थापन र आत्मनिर्भर हुँदैन र पत्रकारहरूले आफ्नो पेशाको ग्यारेन्टी महसुस गर्दैनन्, तबसम्म लोकतन्त्र, सुशासन र समृद्धि सहज ढंगले प्राप्त नहुने बताए ।

मन्त्री पराजुलीले सरकार र पत्रकारबीचको सम्बन्ध मैत्रीपूर्ण र सहज हुनुपर्ने धारणा राख्दै उनले यस्तो सम्बन्धको विकास हुनुपर्नेमा जोड दिए।

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा