Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक महिनादिनपछि आज (साेमबार) बस्दै छ । आइतबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् ।

बिहान ९ बजेबाट सुरु हुने बैठकले नेकपाभित्र जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने बताइएकाे छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखा परेको समस्या समाधानका विषयमा छलफल गर्न र त्यसका लागि गठित कार्यदललाइ वैधानिकता दिन सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठसहित वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सचिवालय बैठक माग गरे । पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको वैधानिकतामाथि प्रश्न उठेपछि उक्त बैठक डाकिएकाे हाे ।

यसअघि साउन ३ गते बसेकाे सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्ताव पेश गर्नुभएकाे थियाे । त्यसयता साे बैठक बस्न सकेकाे थिएन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं