Lite Nepal

बुधबार, माघ २१, २०८२

विराटनगर । रास्वपाका वरिष्ठ नेता बालेनद्र (बालेन ) शाह आज बिहान विराटनगर आएका छन्।

चुनावी अभियान हिँडेका उनी ‘घन्टी’ मात्रै बजाएर सुनसरीतर्फ लागेका हुन्।

उनको उपस्थितिले बिहानैदेखि स्थानीयमा चासो देखिएको थियो। समर्थकहरूको भीड र सुरक्षाकर्मीको घेराबीच उनी अगाडि बढेका देखिन्थे। भ्रमणलाई चुनावी अभियानसँग जोडेर हेरिएको छ।

स्थानीय तहमा भने उनको शैलीलाई लिएर मिश्रित प्रतिक्रिया सुनिएको छ। केहीले उनलाई लोकप्रिय र फरक शैलीका नेताका रूपमा लिएका छन् भने कतिपयले जनतासँग प्रत्यक्ष संवाद कम देखिएको टिप्पणी गरेका छन्।

सार्वजनिक उपस्थितिमा उनी परम्परागत नेताभन्दा बढी ‘सेलिब्रिटी’ झल्किएको महसुस भएको प्रतिक्रिया पनि आएको छ।

तस्वीर : प्रेम देवान

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा