Lite Nepal

बिहिबार, माघ २२, २०८२

विराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल अन्तर्गत रहेको बिराट क्यान्सर इन्स्टिच्युटले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व क्यान्सर दिवसको मनाएको छ ।

हरेक वर्ष फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवस केवल स्वास्थ्य सम्बन्धी औपचारिक कार्यक्रम मात्र होइन। यो क्यान्सरसँग जुधिरहेका, जुधिसकेका र अझै लडिरहेका हजारौं बिरामीको आवाज हो। सन् २०२६ को विश्व क्यान्सर दिवसको थिम ‘युनाइटेड बाइ युनिक’ रहेको थियो।

बिराट क्यान्सर इन्स्टिच्युट (BCI) को आयोजनामा माघ १६ गते “Birat Cancer Symposium 2026” कार्यक्रम भएको थियो। “Beyond the Beam: Advancing Cancer Care in Eastern Nepal” भन्ने मूल नाराका साथ आयोजित यस सिम्पोजियमले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको थियो।

सिम्पोजियममा जटिल क्यान्सर केसहरूको सफल उपचार अनुभव आदान–प्रदान गरिएको थियो। क्यान्सर उपचारमा देखिएका चुनौतीहरू तथा आधुनिक प्रविधिको प्रयोग बारे विशेषज्ञहरूबीच गहन छलफल भएको थियो। यस्तै, क्लिनिकल अभ्यासमा आएका नयाँ शोध, नवीन उपचार पद्धति र बहु–विषयक उपचार दृष्टिकोण बारे प्रस्तुतिहरू गरिएको थियो।

त्यसैगरी माघ १८ गते सैनिक अस्पताल इटहरीमा क्यान्सर सम्बन्धी जनचेतनामूलक (Cancer Awareness) कार्यक्रममा बिराट क्यान्सर इन्स्टिच्युटकी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले क्यान्सरका लक्षण, जोखिम, प्रारम्भिक पहिचान तथा समयमै उपचारको महत्त्व, उपचार पद्धति तथा सचेतना सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

साथै सैनिकहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा रक्तदान पनि गरिएको आयोजकले जनाएको छ।यस्तै माघ १९ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर तथा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको थियो।

त्यसैगरी माघ १९ गते नेपाल पत्रकार महासंघ मोरङमा ‘भिआईए’ स्क्रिनिङ तथा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको थियो। साथै सोही दिन अस्पतालमा निरन्तर चिकित्सकीय शिक्षा (सीएमई) कार्यक्रम आयोजना गरिएको थियो।

पाठेघरको मुखको क्यान्सरको परीक्षण सम्बन्धी महत्वपूर्ण CME (Continuing Medical Education) मार्फत जानकारी प्रदान गरिएको थियो।

“Current Updates & Future Directions” विषयवस्तुमा केन्द्रित यस शैक्षिक सत्रमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पत्ता लगाउने आधुनिक विधि, प्रमाणमा आधारित चिकित्सा अभ्यास र बिरामीको उपचार परिणाम सुधार गर्ने विषयमा गहन छलफल भएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य चिकित्सकहरूको क्लिनिकल ज्ञान अभिवृद्धि गर्नुका साथै क्यान्सरको रोकथाम प्रवर्धन गर्नु रहेको थियो। निरन्तर सिकाइ मार्फत पाठेघरको मुखको क्यान्सर प्रारम्भिक चरणमै पहिचान गरी बिरामीको जीवन बचाउन सकिने क्यान्सर रोग विशेषज्ञहरूको भनाइ रहेको थियो।

उक्त कार्यक्रममा पूर्वाञ्चल क्षेत्रका विभिन्न प्रतिष्ठित स्वास्थ्य संस्थाका विशेषज्ञ चिकित्सकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

त्यसैगरी फेब्रुअरी ४ मा अर्थात् विश्व क्यान्सर दिवसको दिन सचेतना र्‍याली (BIRAT Walkathon 2026) निकालिएको थियो।

बिराट नर्सिङ होम परिसरबाट सचेतनामूलक नारा लगाउँदै सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालय मोरङ हुँदै कोशी अस्पताल, जलजला चौक, शनि मन्दिर र बिजुली अफिस हुँदै पुनः बिराट नर्सिङ होममा आएर समापन भएको थियो। उक्त र्‍यालीमार्फत क्यान्सरको पहिचान, रोकथाम र समयमै उपचारको महत्त्वबारे जनचेतना जगाइएको थियो।

सोही दिन क्यान्सरलाई जित्नुभएको योद्धाहरूको लागि क्यान्सर सर्भाइवर मिट २०२६ आयोजना गरिएको थियो। कार्यक्रममा क्यान्सर सर्भाइवर समूहसँग अनुभव र शुभकामना आदान प्रदान भएको थियो।

साथै प्राणीक हिलिङ कार्यक्रम क्यान्सर सर्भाइवर, स्वास्थ्यकर्मी र कर्मचारीहरूको लागि आयोजना गरिएको थियो।

प्राण वा जीवन ऊर्जामा आधारित यस वैकल्पिक उपचार पद्धतिमा शरीरलाई नछोइकन ऊर्जा सन्तुलन गरिन्छ।

कार्यक्रममा रोगी ऊर्जा सफा गरी ताजा प्राण प्रवाह गराउने प्रविधि सिकाइएको थियो।

कार्यक्रमका सहभागीहरूले यसले तनाव कम गर्ने, मानसिक शान्ति र सकारात्मक सोच बढाउन सहयोग गर्ने बताएका छन्।

विशेषगरी क्यान्सर सर्भाइभरहरूलाई शारीरिक र मानसिक सहयोग पुग्ने र स्वास्थ्यकर्मीहरूको दैनिक कार्यबोझबाट हुने तनाव व्यवस्थापनमा यो उपयोगी रहेको जनाइएको छ।

यद्यपि, यो पद्धति वैज्ञानिक रूपमा प्रमाणित नभएकाले स्वास्थ्य विज्ञहरूले कुनै पनि गम्भीर स्वास्थ्य समस्याको लागि योग्य चिकित्सकको परामर्श लिन सुझाव दिएका छन्।

सोही दिन बेलुका सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको बिराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा