तेह्रथुम । पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेका छन्।
खापुङले आफ्नो गृह जिल्ला तेह्रथुमको मोराहाङस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।
बिहीबार बिहानदेखि सुरु भएको निर्वाचनमा उनले अवकाशपछि पहिलो पटक मतदान गरेका हुन्।
मतदानपछि उनले मतदान अधिकार मात्र नभई नागरिकको कर्तव्य पनि भएको उल्लेख गरे।
उनले भने, “मतदान अधिकार मात्र होइन, कर्तव्य पनि हो। यो कर्तव्य निर्वाह गर्ने अवसर प्राप्त भएकोमा म गौरवान्वित छु।”
खापुङले नागरिकहरूले उत्साहका साथ मतदानमा सहभागी भई योग्य जनप्रतिनिधि छनोट गर्नुपर्ने पनि बताए।
