Lite Nepal

बुधबार, भाद्र १०, २०७७

एजेन्सी । गम्भीर बिरामी परेर कोमामा गएको दाबीसहितका खबर आइरहेका बेला उत्तर कोरियाका नेता किम जोङ–उन पार्टीको बैठकमा सहभागी भएका छन्।

केही सञ्चार माध्यममा नेता किम बिरामी परेको र बहिनी किम यो–जोङले सत्ता सम्हाल्ने तयारी गरेको दाबीसहितका खबर आएका थिए।

पार्टीको बैठकमा सहभागी भएका नेता किमले उत्तर कोरियाका अधिकारीहरुलाई देशमा कोरोना भाइरसको महामारीका हुन सक्ने सम्भावित जोखिमका लागि तयारी अवस्थामा रहन भनेका छन्।

यस्तै समुद्री तुफानका कारण पनि जनजीवनमा समस्या हुन सक्ने भन्दै उनले सचेत बनाएका हुन्।

उत्तर कोरियामा अहिलेसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण नभएको बताएको छ।

तर नेता किमले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने तर्फ सचेत गराएका हुन् । यस्तै यो हप्ताको अन्त्यतिर समुद्री तुफान बाभीले जनजीवन प्रभावित हुने पूर्वानुमान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं