Lite Nepal

शुक्रबार, साउन २२, २०८३
फाइल फोटो

म्यान्मार । म्यान्मारको प्रमुख सामुद्रिक नाका याङ्गुन बन्दरगाहमा सन् २०२६ को पहिलो सात महिनामा ४०२ वटा कन्टेनर जहाजहरू आइपुगेका छन् ।

म्यान्मार बन्दरगाह प्राधिकरणलाई उद्धृत गर्दै द ग्लोवल न्यू लाइट अफ म्यान्मारले बिहीवार यसबारे जानकारी दिएको हो । प्राधिकरणको प्रतिवेदनअनुसार जुलाई महिनामा मात्रै ५५ वटा कन्टेनर जहाजले यस बन्दरगाहमा सेवा लिएका थिए ।

यस वर्षको जनवरीमा ६३ र फेब्रुअरीमा ६० वटा जहाजको आगमन भएको थियो, जुन यस वर्षकै उच्च मासिक तथ्यांक हो । विगत केही वर्षयता याङ्गुन बन्दरगाहमा जहाजहरूको आवागमनमा क्रमिक वृद्धि देखिएको छ ।

तथ्यांकअनुसार सन् २०२३ मा ६२९ र सन् २०२४ मा ६३३ वटा जहाजहरू आएकोमा सन् २०२५ मा यो सङ्ख्या बढेर ७२८ पुगेको थियो । म्यान्मारको व्यापारिक क्षेत्रका लागि मेरुदण्ड मानिने यस बन्दरगाहले मुलुकको कुल नियमित आयात–निर्यातको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै आएको छ ।

याङ्गुन इनर हार्बर र थिलावा आउटर हार्बर गरी यस बन्दरगाहमा कुल ४८ वटा बर्थहरू (जहाज लंगर हाल्ने ठाउँ) सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं