Lite Nepal

शुक्रबार, भाद्र १९, २०७७

काठमाडौं । आज बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । बैठक ११ बजे पछि बस्ने बताईएको छ ।

बैठकले अर्थ, सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाको फेयरवेल पनि गर्ने स्रोतले जानकारी दिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

यो निर्णयसँग खतिवडाको मन्त्रीबाट हट्नु पर्ने निश्चित भएको छ ।

संवैधानिक व्यवस्थाअनुसार मन्त्री भएको ६ महिनामा जोकोहीले संघीय संसदको सदस्यता लिइसक्नु पर्ने छ ।

तर, राष्ट्रियसभामा रिक्त स्थानमा गौतमलाई लैजाने नेकपा निर्णयसँगै खतिवडाले यो सदस्यता नपाउने भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं