Lite Nepal

सोमबार, भाद्र २९, २०७७

काठमाडौँ । सोमबार साँझ मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

आज बस्ने बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ ।

यस्तै बैठकले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने संभावना रहेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि गत बिहीबार नै बस्नु पर्ने बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बस्न सकेको थिएन ।

गौतमलाई राष्ट्रियसभामा सदस्य बनाउने निर्णय नेकपाले गरेको छ ।

त्यस्तै कुलमान घिसिङ दोस्रो कार्यकालका लागि विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाउने प्रस्ताव ऊर्जा मन्त्रालयले लैजाने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं