Lite Nepal

सोमबार, आश्विन १९, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पदाधिकारीको संख्या बढाउने तयारी गरिएको छ ।

कांग्रेस नेता जीवन परियारले पदाधिकारीको संख्या बढाउने विषयमा छलफल चलिरहेको जानकारी दिए ।

पदाधिकारी संख्या १४ बाट बढाएर २३ सदस्यीय बनाउने विषयमा छलफल रहे पनि पारित हुन बाँकी रहेको उनले बताए । “पदाधिकारी बढाउने विषयमा छलफल चलिरहेको छ । बन्दसत्रले पारित गरेपछि मात्र कार्यान्वयनमा आउँछ । फाइनल भएको छैन,” नेता परियारले भने ।

परियारका अनुसार, तीनजना उपसभापति, तीन महामन्त्री, १४ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारी राख्ने विषयमा छलफल भइरहेको छ ।

महाधिवेशनको बन्दसत्रले पारित गरेपछि मात्र पदाधिकारी बढाउने निर्णय कार्यान्वयनमा आउनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं