Lite Nepal

सोमबार, आश्विन १९, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन कार्य निरन्तर भइरहेको बताएका छन् ।

सोमबार (असोज १९) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारे ।

बैठकमा गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेशका मुख्यमन्त्रीहरूको पनि सहभागिता थियो । मुख्यमन्त्रीहरूलक्षित प्रधानमन्त्री बालेनले भने, “हामीले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दै छौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु ।”

उनले भोटेकोसी–त्रिशूली, गण्डकीसँगै अरू क्षेत्रमा आएको बाढीपहिरोको क्षतिको समेत अध्ययनसहित त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले विपद् जोखिम न्यूनीकरणका निम्ति सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन लागेको पनि उल्लेख गरे । सरकारले हिमपहिरोको जोखिम न्यूनीकरणका निम्ति समेत आवश्यक काम गरिरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री बालेनले यस विपद् व्यवस्थापनमा आफ्नो समेत ज्यान जोखिममा राखेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गरेका सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं