ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले पाथीभरा क्षेत्रमा रहेका सामुदायिक वन भित्र अबैध रूपमा बन्न सुरु गरेका घर–टहराका विषयमा डिभिजन वन कार्यालयले अध्ययन सुरु गरिसकेको बताएका छन् ।
लाइट नेपालसँग शुक्रबार विहान बोल्दै उनले त्यस क्षेत्रमा अबैध रूपमा घरटहरा बन्न थालेको जानकारी पाउनसाथ डिभिजन वन कार्यालयलाई अध्ययन गरी कानुन बमोजिम प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

‘त्यहाँ अबैध रूपमा घर–टहरा बनेका छन्, यसको विषयमा मैले पनि अध्ययन गरिरहेको छु । सरोकारवालासँग आज छलफल पनि छ । त्यहाँ यस विषयमा छलफल हुन्छ’ उनले भने, ‘अबैध काम गर्न कसैलाई छुट छैन ।’

उनले डिभिजन वन कार्यालय ताप्लेजुङमा नयाँ प्रमुख हिजो बिहीवार आएर काम सुरु गरिसकेको बताउँदै यो विषयलाई गम्भिर रूपमा लिएर अनुसन्धान र कारबाही प्रक्रिया अघि बढिसकेको बताए ।
यो पनि पढ्नुहोस् ।
पाथीभराको वन क्षेत्रमा ४० वटा अबैध घर–टहरा धमाधम निर्माण हुँदै, क–कस्को छ मिलेमतो ?