Lite Nepal

आइतबार, आश्विन २५, २०८३

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न प्रकृतिका ३१ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

ती घटनाबाट ११ वटा चौपायासमेत क्षति भएको छ भने करिब रु २३ लाख १८ हजार ४०० बराबरको आर्थिक क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज २३ गते बिहान १०:०० बजेदेखि असोज २४ गतेसम्म देशका विभिन्न २९ स्थानमा विपद्का घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्का घटनापश्चात् उद्धारका लागि १२० जना प्रहरी परिचालन भएका छन् ।

विभिन्न स्थानमा भएका विपद्का घटनामा घाइते भएकाहरूको सम्बन्धित क्षेत्रका अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक विवरणअनुसार ती घटनाबाट मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक सम्पत्तिमा समेत नोक्सानी पुगेको छ ।

पछिल्लो समय मौसममा भइरहेको परिवर्तनका कारण विभिन्न स्थानमा विपद्का घटना हुनसक्ने जोखिम रहेकाले प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जानसमेत प्राधिकरणले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं