Lite Nepal

आइतबार, आश्विन २५, २०८३

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण मुग्लिनसम्म जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिममा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित उच्च स्थानमा जान भनिएको छ ।

चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रलाई मध्यम जोखिममा राख्दै सतर्क रहन आग्रह गरिएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर स्थानीयलाई सचेत गराउने काम भइरहेको छ ।

प्रहरीले माइकिङमार्फत जोखिमबारे जानकारी गराइरहेको जनाएको छ ।

गोरखामा आएको बाढीको जोखिमबारे जानकारी प्राप्त भएको र त्यसअनुसार सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म चितवनमा बाढी प्रवेश गरेको छैन र अवस्था सामान्य छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं