Lite Nepal

बिहिबार, आश्विन २९, २०८३

काठमाडौं । आज बडादशैंको पाँचौँ दिन, हिन्दू धर्मावलम्बीहरूले नवदुर्गामध्ये पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गर्दैछन्।

भगवान् कार्तिकेय अर्थात् स्कन्दकुमारलाई काखमा राख्ने देवी भएकाले उनलाई स्कन्दमाता भनिन्छ। देवी स्कन्दमातालाई ज्ञान, शक्ति र ममताकी प्रतीकका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ।

कमलको फूल र वरमुद्रा धारण गरी सिंहमा विराजमान हुने स्कन्दमाताको स्वरूप तेजस्वी रहेको धार्मिक मान्यता छ।

यस दिन भक्तजनले स्नान गरी पूजास्थल शुद्धीकरण गरेर देवीको प्रतिमा स्थापना गर्ने, वैदिक मन्त्रद्वारा पूजा गर्ने, धूप, दीप, फूल तथा नैवेद्य अर्पण गर्ने र आरती गरी प्रसाद ग्रहण गर्ने परम्परा छ।

स्कन्दमाताको पूजा गर्नाले सुख, शान्ति, समृद्धि र सन्तानको कल्याण प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं