Lite Nepal

बुधबार, कार्तिक ०५, २०८३

वीरगन्ज । क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने खेलाउने कार्यमा संलग्न पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

बाराको पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी–१ का सुवासकुमार र परवानीपुर गाउँपालिका–५ का सुनिल पटेल तथा रौतहटको बौधीमाई नगरपालिका–९ का सुमेश्वरनाथ प्रसादलाई बुधबार (कात्तिक ४) प्रहरीले नियन्त्रणमा लिएको हो ।

जुवा खेल्ने खेलाउने गरेको आरोपमा पक्राउ परेकाका विषयमा थप अनुसन्धान भइरहेको डीएसपी मल्लले जानकारी दिए । -रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं