Lite Nepal

शुक्रबार, कार्तिक ०७, २०८३

काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो सिनेमा आजबाट हलमा रिलिज भएको हो ।

चलचित्रले ठूलो संख्यामा शो पाएको छ । कतिपय शो अग्रिम बुकिङमै हाउसफूल भएको देखिएको छ ।

‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए । ‘कबड्डी–५’ले पनि पहिलो दिन ठूलो परिमाणमा कलेक्सन गर्ने यसको बुकिङले देखाएको छ ।

६० भन्दा बढी शो रिलिजको अघिल्लो दिन नै हाउसफूल भएको यसका कलाकारहरूले स्क्रिनसट सामाजिक सञ्जालहरूमा पोस्ट गरिरहेका छन् ।

चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायतको अभिनय छ ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ लगानी छ ।

सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ ।

चलचित्रको कथा पनि निर्देशक रामबाबु गुरुङले नै लेखेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं