Lite Nepal

शुक्रबार, कार्तिक ०७, २०८३

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् ।

पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान काठमाडौँबाट हवाई मार्ग हुँदै धनगढी पुगेका थिए ।

धनगढी विमानस्थलबाट उनी कञ्चनपुर हुँदै सडकमार्गबाट गड्डाचौकी नाका पुगेका थिए । त्यहाँबाट उनी भारततर्फ लागेका छन् ।

सो क्रममा उनले भ्रमणलाई राजनीतिक विषयसँग जोडेर व्याख्या नगर्न आग्रह गरे । यसलाई अनावश्यक राजनीतिक बहसको विषय नबनाउनसमेत उनले आग्रह गरे ।

‘कुनै राजनीतिक भेटघाट छैन । कसैलाई खिचडी नपकाउन पनि अनुरोध गर्न चाहन्छु ।

यो मेरो असाध्यै व्यक्तिगत भ्रमण भएको हुनाले कहिले काहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ । त्यसलाई अलग्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु,’ सभापति लामिछानेले भने ।

आफू कारागारमा रहँदा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम जाने भाकल गरेको उल्लेख गर्दै उनले सोही भाकल पूरा गर्न भारत जान लागेको पनि बताए ।

भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर पूजाआजा गर्ने कार्यक्रम रहेको छ । उनी कात्तिक ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं