Lite Nepal

सोमबार, कार्तिक ०९, २०८३

काठमाडौं । आज दशैंपछिको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ३४ अंकले घटेर २,६२९ को विन्दुमा कायम भएको छ ।

आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४१ कम्पनीको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शिवम् सिमेन्टको २० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ५ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । सोनापुरका लगानकिर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७ दशमलव ९२ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं