काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३ हजार ६ सय ७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

