Lite Nepal

बुधबार, कार्तिक १८, २०८३

विराटनगर । रौतहटमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकीनजिक भएको गोली प्रहारबाट २८ वर्षीय राकेश यादव घाइते भएका हुन् ।

गएराति सवा ९ बजे सोही स्थान बस्ने यादवलाई पेस्तोलको गोलीको छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको प्रहरीले बताएको छ । घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीनवटा खाली खोका फेला परेका छन् ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं