Lite Nepal

बुधबार, कार्तिक १८, २०८३

विराटनगर । मोरङको उर्लाबारीबाट ५ बुङ तास र १२ हजार ६२२ रुपैयाँसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उर्लाबारी नगरपालिका–७ स्थित डिक खड्कीको घरमा रहेको मोबाइल पसलभित्र तास खेलिरहेको अवस्थामा गएराती उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वलीका अनुसार उर्लाबारी नगरपालिका–७ का २० वर्षीय जलन ठटाल, २४ वर्षीय सुभाष शर्मा र २५ वर्षीय रोशन शर्मा, वडा नम्बर ८ का २५ वर्षीय सुमन ढकाल, २६ वर्षीय निरोज धिमाल, २० वर्षीय कमल ढुंगाना २५ वर्षीय किरण ढुंगाना, झापाको दमक नगरपालिका–७ का २६ वर्षीय विनोद ढकाल र वडा नम्बर ५ का २५ वर्षीय दीपक चौधरी तथा मोबाइल जोन पसलका सञ्चालक मोरङको रतुवामाई नगरपालिका–९ का ३८ वर्षीय विवेक बराल प्रहरीको नियन्त्रणमा छन् ।

सबैलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं