Lite Nepal

बुधबार, कार्तिक १८, २०८३

झापा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन् ।

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा तथा अपेक्षाहरू सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास र आगामी कार्ययोजनाबारे जानकारी गराइन् ।

भूमिहीन नागरिकका लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले झापा भ्रमणका क्रममा नागरिकसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं