Lite Nepal

बुधबार, कार्तिक १८, २०८३

काठमाडौं । अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनको नतिजा आउन थालेको छ ।

नर्थ क्यारोलाइनामा डेमोक्रेटिक उमेदवार तथा पूर्वगभर्नर रोय कूपरले रिपब्लिकन उमेदवार माइकल वाटलीलाई पराजित गर्दै सिनेट सिट जितेका छन् ।

कूपरले तेस्रो कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरेका रिपब्लिकन सिनेटर थोम टिलिसको स्थान लिनेछन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ठूलो र सुन्दर विधेयक’प्रति असहमति जनाउँदै टिलिसले चुनावबाट बाहिरिने निर्णय गरेका थिए ।

पछिल्ला तीनवटा राष्ट्रपतीय चुनावमा ट्रम्पलाई समर्थन गरेको नर्थ क्यारोलाइनामा कूपरको जित डेमोक्रेटिक पार्टीका लागि महत्वपूर्ण उपलब्धि हो ।

एसोसिएटेड प्रेस (एपी)का अनुसार, जर्जियामा डेमोक्रेटिक सिनेटर जोन ओसोफ पनि पुनः निर्वाचित भएका छन् ।

उनले रिपब्लिकन उमेदवार तथा प्रतिनिधिसभा सदस्य माइक कोलिन्सलाई पराजित गरेका हुन् ।

यसैगरी, डेलावेयरमा क्रिस कुन्स, म्यासाचुसेट्समा एड मार्की र न्यु ह्याम्पसायरमा क्रिस पापासले सिनेट चुनाव जितेका छन् । पापासले रिपब्लिकन उमेदवार जोन सुनुनुलाई पराजित गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं