Lite Nepal

शनिबार, कार्तिक २१, २०८३

न्युजिल्यान्ड । न्युजिल्यान्डको समुद्री तटमा सामूहिक रूपमा फसेका ४३ वटा पाइलट ह्वेलको मृत्यु भएको छ ।

उत्तरी टापुको दक्षिणी तटस्थित नगावी समुद्री तटमा बिहीबार बिहान ठूलो सङ्ख्यामा ह्वेल किनारमा फसेका थिए ।

उद्धारकर्मीहरूले जीवित ह्वेललाई समुद्रमा फर्काउने प्रयास गरे पनि सबैको मृत्यु भएको संरक्षण विभागले जनाएको छ ।

दुर्गम भूगोल, शक्तिशाली समुद्री छाल र चट्टानका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो ।

मृत ह्वेलहरूको व्यवस्थापन स्थानीय माओरी समुदायसँगको सहकार्यमा भइरहेको छ ।

ह्वेलहरू सामूहिक रूपमा किनारमा फस्नुको वास्तविक कारण भने अझै पत्ता लाग्न सकेको छैन ।

वैज्ञानिकहरूका अनुसार उनीहरूको सामाजिक व्यवहार, समुद्री तटको बनावट र घट्दो ज्वारभाटाले यस्तो घटनामा भूमिका खेल्न सक्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं