चितवन । तिहारको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सवारी र सर्वसाधारणको चाप हुने स्थानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले तिहारलाई लक्षित गर्दै विष्फोटक पदार्थ र लागुऔषध पहिचान गर्ने तालिमप्राप्त दुईवटा कुकुर परिचालन गरेको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार तिहारको समयमा पटकाजन्य वस्तुको ओसारपसार हुनसक्ने सम्भावित नाकाहरुमा समेत सो कुकुरको परिचालन गरिएको छ ।

उनले भने, “मानिसको भीडभाड हुने स्थानमा लागुऔषध तथा विष्फोटक पदार्थको ओसारपसार हुनसक्ने भएकाले उच्च निगरानी बढाएका हौँ ।”
तिहारलक्षित सुरक्षा योजना निर्माण गरी आठ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ । -रासस