Lite Nepal

बिहिबार, कार्तिक २६, २०८३

एजेन्सी । दक्षिणी गाजास्थित नासिर अस्पतालको एउटा भवनमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ। आक्रमणमा अन्य २० जना घाइते भएका छन्।

हमासको नियन्त्रणमा रहेको नागरिक सुरक्षा निकायका एक अधिकारीले बीबीसीलाई दिएको जानकारीअनुसार बिहीबार बिहानै अस्पतालको भवनलाई लक्षित गरी आक्रमण गरिएको हो।

प्रत्यक्षदर्शीका अनुसार केही समयका लागि उक्त क्षेत्रको आकाशमा देखिएको इजरायली लडाकु विमानबाट प्रहार गरिएको क्षेप्यास्त्र अस्पतालको सर्जरी वार्ड र सघन उपचार कक्ष (आईसीयू) रहेको भवनमा खसेको थियो।

आक्रमणमा मृत्यु हुनेमध्ये एक जना शल्यचिकित्सकसमेत रहेको बताइएको छ।

आक्रमणबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। बीबीसीले सेनासँग घटनाबारे प्रतिक्रिया मागेको जनाएको छ।

इजरायलले बीबीसीलाई गाजाभित्र स्वतन्त्र रूपमा रिपोर्टिङ गर्ने अनुमति नदिएकाले घटनासम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले स्पष्ट पारेको छ।

नासिर अस्पताल दक्षिणी गाजाको सबैभन्दा ठूलो अस्पताल हो। यसअघि सन् २०२५ को अगस्टमा पनि उक्त अस्पतालमा इजरायलले दुई चरणमा गरेको आक्रमणमा पत्रकार र स्वास्थ्यकर्मीसहित कम्तीमा २० जनाको मृत्यु भएको थियो।

गत वर्ष अक्टोबरमा युद्धविराम सम्झौता भए पनि गाजामा इजरायली आक्रमण जारी छन्। हमासको नियन्त्रणमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविरामयता इजरायली आक्रमणमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसंघले स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई विश्वसनीय मान्दै आएको छ।

इजरायल र हमासले भने एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं