Lite Nepal

बिहिबार, कार्तिक २६, २०८३

काठमाडौं । वीरगञ्ज कारागारबाट पर्खाल नाघेर फरार भएका एक कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतबाट पक्राउ गरेको छ।

बिहीबार बिहान कारागारबाट भागेका सुनिल साह तुरहालाई विशेष प्रहरी टोलीले भारतको आदापुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्साको पोखरिया क्षेत्रका तुरहा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई विगत ११ वर्षदेखि वीरगञ्ज कारागारमा कैद सजाय भोग्दै आएका थिए।

प्रहरीका अनुसार उनी बिहान कारागारको पर्खाल नाघेर फरार भएका थिए। फरार भएको जानकारी पाएलगत्तै खोजीमा परिचालित विशेष टोलीले भारतीय सीमावर्ती क्षेत्रमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं