काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसिया प्रस्थान गरेका छन् ।
अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड आज रुस प्रस्थान गरेका हुन् ।

प्रचण्डसँगै प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि रुस गएका छन् ।
