Lite Nepal

शुक्रबार, कार्तिक २७, २०८३

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले बताए ।

शुक्रबार दिउँसो घाँस काट्न चिउरीको रुखमा चढेका लिम्बुको लडेर घटनास्थलमै मृत्यु भएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

घटना लगत्तै प्रहरी निरीक्षक सुन्दर कुमार यादव सहितको टोली घटना स्थल पुगेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं