Lite Nepal

बिहिबार, मंसिर १०, २०८३

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका-११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

गएराति करिब ९ बजे लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका-४ सर्दी निवासी ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राति १०:३५ बजे मृत्यु भएको हो।

दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये मध्यबिन्दु नगरपालिका-१० अरुणखोला निवासी १८ वर्षीय अश्विन चौधरी र २० वर्षीय निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ।

उनीहरूलाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ।

त्यस्तै, विनयी त्रिवेणी गाउँपालिका–४ का रविन चौधरी, रिजन चौधरी, विशाल राना, श्याम चौधरी, गुल्सन थापा र युवराज चौधरीलाई पनि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ।

अन्य घाइतेमध्ये सुमेन्द्र चौधरी र आदिश आले उपचारपछि डिस्चार्ज भएका छन्। प्रिन्स विकलाई मध्यबिन्दु प्रादेशिक अस्पताल तथा खेमनारायण चौधरी र घनश्याम चौधरीलाई सेवा मेडिकल अरुणखोलामा उपचारपछि डिस्चार्ज गरिएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं