Lite Nepal

शुक्रबार, आश्विन २३, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार डा।राजन भट्टराई कोरोना भाइरसको संक्रमण मुक्त भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले ट्वीट गर्दै बिहीबार मुख्य सल्लाहकार रिमालसहित तीनै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र म प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

हामीले कोरोना संक्रमण जितेका छौं ।
हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी छौं ।

सामाजिक सञ्जाल फेसबुकमा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन्। उनीहरूलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी भने सङ्क्रमण मुक्त भए या भएनन् भन्नेबारे खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं