Lite Nepal

मंगलबार, साउन २०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे सल्लाह सुझाव लिन जनस्वास्थ्यविद्लाई बालुवाटार बोलाएका छन्। मंगलबार बिहान ११ बजे चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिलाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

एकपछि अर्को गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई बोलाएर सुझाव लिन लागेका हुन्।

‘अहिले फेरि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। मृत्यु हुनेको संख्या पनि बढेको छ’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘अब थप कोरोना संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा स्वास्थ्य क्षेत्रका प्रतिनिधी बोलाएर प्रधानमन्त्रीज्यूले बालुवाटारमा छलफल गर्नुहुने भएको छ।’

कोरोना संक्रमितको संख्याका आधारमा क्षेत्रगत लकडाउन गर्ने तयारी गरिएको उनले बताए। तर, अब लकडाउन भए यसअघिको जस्तो देशैभर लकडाउन नहुने उनले संकेत गरे।

सोमबार बेलुकासम्म देशभर कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ भने ५७ जनाको मृत्यु भइसकेको छ। निको भई घर फर्किनेको संख्या १४ हजार ९ सय ६१ रहेको छ।

यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते जनस्वास्थ्यविद्लाई बालुवाटार बोलाएर सुझाव लिएका थिए। सातौं पटक लकडाउन थपेपछि ओलीले यसबारे सुझाव लिन पुनः जनस्वास्थ्यविद्लाई बोलाएर छलफल गरेका थिए। जनस्वास्थ्यविद्को सुझावकै आधारमा सरकारले लकडाउन मोडालिटी परिवर्तन गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं