Lite Nepal

बुधबार, साउन २१, २०७७

विराटनगर । विभिन्न माग राख्दै सचेत नेपाली महाअभियानले सुनसरीको धरान र इटहरीमा प्रदर्शन गरेको छ । यस्तै देशभर प्रदर्शनको तयारी महाअभियानले कोभिड महामारीको कारण दर्शाउदै प्रदर्शन स्थगन गरिएको जनाएको छ ।

अवस्था सामान्य भएसंगै सचेत नेपाली महाअभियानले देशका विभिन्न स्थानहरुमा समेत प्रदर्शन गरिने जनाएको छ । सरकारले पास गर्न लागेको एम.सि.सि. खारेज हुनुपर्ने, कालापानी, लिपुलेख, लिम्पियाधुरा, नेपालको भएकोले इन्डियन सेनालाइ तत्काल कालापानीबाट हटाउन पहल गर्नु पर्ने, भ्रष्टाचारी र बलत्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग उनीहरूको छ । सचेत नेपाली महाअभियानका राष्ट्रिय सयोजक पुण्य प्रसाद प्रसाइको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।

कार्यक्रमलाई संवोधन गर्दै प्रसाइले देशमा भ्रष्टाचार, वेथितिले सीमा नाघेको, कोभिडको माहामारीको मौकामा सरकारको एम.सि.सि. पास गर्ने चलखेल हुनसक्ने हुंदा यसरी अभियान गर्नु पर्ने वाध्यता रहेको बताए।

प्रदेश १ भित्रका कार्यक्रमहरु सफल पार्न प्रदेश १ का संयोजक, गजेन्द्र चौधरी तथा ज्ञानु विश्वकर्माको बिशेष पहल रहेको उनले बताए । प्रसाइले आगामि दिनमा सचेत नेपाली अभियान देश बिकाश र निकासका लागि पार्टिमा परिणत हुंदै देश र जनताको सेवामा समर्पित हुने योजनामा रहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं