Lite Nepal

बिहिबार, आषाढ १०, २०७८

एजेन्सी । दक्षिण अफ्रिकाकी एक महिलाले १० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भनेर प्रचारित समाचार गलत प्रमाणित भएको छ।

बीबीसीका अनुसार बीबीसीसमेतले एकैपल्ट १० बच्चा जन्माएको भनेर रिपोर्टिङ गरिएकी महिला गोसिआमे सिथोल गर्भवती समेत नभएको आधिकारिक अनुसन्धानबाट खुलेको छ।

अहिले ३७ वर्षीया ती महिलालाई अनुसन्धानको दायरामा आएको र मानसिक स्वास्थ ऐन अन्तर्गत नियन्त्रणमा लिइएको बीबीसीले जानकारी दिएको छ।

दक्षिण अफ्रिकी अनलाइन मिडिया इन्डिपेन्डेन्टको स्वामीत्वमा रहेको प्रीटोरिया न्युजले सबैभन्दा पहिले यो समाचार जुन ८ मा प्रकाशन गरेको थियो। जुन ७ मा स्टेब बुकु अकाडेमिक अस्पतालमा बच्चा जन्मिएको भनिएकोमा अस्पतालले समेत असत्य भनेको छ।

उक्त अस्पतालमा मात्रै होइन दक्षिण अफ्रिकी प्रान्त गाइटिङभरीका कुनै पनि अस्पतालमा एउटै आमाबाट १० बच्चा जन्मिएको पत्ता नलागेको बीबीसीले लेखेको छ।

समाचार गलत भए पनि यसरी कुप्रचार गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं